सुन तस्करी प्रकरण: पक्राउ परेका ३२ जनालाई अदालत लगियो

  भदौ २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २७ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी सुन प्रकरणमा पक्राउ परेका ३२ जनालाई अदालत लगिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई म्याद थपका लागि अदालत लगेको हो ।

यसैबीच सीआईबीले आजै सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले ५० जनालाई मुद्दा चलाउन माग गर्दै प्रतिवेदन बुझाएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर