मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १८ । सुन तस्करी प्रकरणमा छानबिनका लागि ठगित जाँचबुझ आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।
गृह मन्त्रालयको पुरानो भवनमा बसेको बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । बैठकले आयोगको नाम ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्ने निर्णय गरेको छ ।