सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १२।  नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै बुधबार तोलामा  २१ सय ४० रुपैयाँ रहेको चाँदी बिहीबार २१ सय ७५ रुपैयाँ कायम भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर