सुनको भाउ आइतबार तोलामा १ हजार रुपैयाँ घट्यो

  कार्तिक १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ आइतबार तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, कात्तिक ७ गते छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ १५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँ कायम रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर