सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५। सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ । रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुको शपथ हुनेछ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शपथ ग्रहणका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

प्रदेश सभाका ६ जना सांसद्‌ले मातृभाषामा शपथका लागि नाम टिपाएका छन्। नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी सांसद् गीता चौधरीले मातृ भाषामा शपथ लिन नाम टिपाएका छन् । अन्य सबै सांसद्‌ले नेपाली भाषामा नै शपथ लिने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर