सिहंदरबारभित्रका कर्मचारीहरू ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’

  श्रावण २३, २०७९

मिडियाबाजी डटकम २३ साउन, काठमाडौंं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो ।अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराई अनुसार पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन भएको हो ।आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले जानकारी दिए । ‘सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा हामी वृहत् आन्दोलनको तयारीमा भेला भएका छौं ।

अहिले पेन डाउन गरेर सुरु गरेता पनि आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको छ’ भट्टराईले भने, ‘नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्छ । त्यही अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय हुँदैछ ।’मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर