सिरहामा युवकको हत्या, अनुसन्धान गर्दै प्रहरी

  असार १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १४ ।  सिरहाको अर्नमा गाउँपालिका–१ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो ।

कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा गम्छा बेरिएको छ । घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर