सिद्धबाबा सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै, बुटवल-गोरूसिंगे सडक आजै पनि शिलान्यास हुने

  माघ ११, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ११ । पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङमार्गको मुख्य ‘टनेल’को आज ‘ब्रेक थ्रू’ हुँदैछ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै गरेको बहुचर्चित सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रू’को सबै तयारी पूरा भइसकेको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

उनका अनुसार ‘ब्रेक थ्रू’मा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत पुग्ने तय भएको छ । यो सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेबाट शुरू भएको थियो ।

‘ब्रेक थ्रू’का लागि साढे १ मिटर भाग सुरक्षित रूपमा राखिएको छ । बाँकी ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत् हेडवक्सतर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ । पश्चिम नेपालको प्रमुख शहर तथा आर्थिक केन्द्र बुटवल भित्रिने प्रवेशद्वारको रूपमा रहेको सुरुङ छिचोलिएसँगै पूर्वाधारको क्षेत्रमा आशाको किरण मात्र पलाउने छैन, नागरिकमा पनि एक प्रकारको ढुक्क महसुस हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर