सिंहदरबारमा ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको छलफल

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ६ । सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच छलफल जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी छन्।

संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ। तेस्रो पटक समय निर्धारणपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको वैठक बसेको हो। यसअघि दुई पटक वैठक बोलाइएको भए पनि प्रचण्ड काठमाडौं उपत्यका बाहिर भएका कारण स्थगित भएको थियो। पहिलो पटक बोलाइएको वैठकमा भने सत्तारुढ नेकपा एमाले र नेकपाली कांग्रेसका शीर्ष नेताहरुले मात्र विभिन्न राजनीतिक मुद्दामा छलफल गरेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर