साताभर ३०.३९ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ । यस साता नेप्से परिसूचक ३०.३९ अंकले घटेर २७५७.९७ विन्दुमा आईपुगेको छ।

गत साता २७८८.३६ विन्दुमा बन्द भएको नेप्से यो साता ३०.३९ अंकले घटेर २७५७.९७ को विन्दुमा पुगेको हो ।

यस साता पाँच कारोबार दिन नै बजार खुल्यो । यस साता दुई कारोबार दिन बढेको बजार तीन कारोबार दिन भने घटेको थियो । 

यस साता औसतमा करिब ५ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड तथा बिहीबार ५ अर्ब २ करोडको भयो ।

साताको पहिलो कारोबार दिन नेप्से २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

यस साता  होटल तथा पर्यटनबाहेक सबै समूहका सूचक घटेका छन् । यस्तै कारोबार रकम पनि साताभर निरन्तर घट्दै गएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर