मिडियाबाजी डटकम काठमाडौं, माघ ७ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । पछिल्लो कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपियाँ थियो ।
साथै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपियाँमा कारोबार महासंघले जनाएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपियाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।