मिडियाबाजी डटकम काठमाडौं ,फागुन १५ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेशनबाट वितरण सबस्टेशनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेशनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट केभी र ४०० भोल्टका लाइनहरु पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै वितरण ट्रान्सफर्महरुपनि जडान गरिएको छ ।
साउनबाट हालसम्म वितरणतर्फका ३३र११ केभी क्षमताका ९ वटा वितरण सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेशन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरी नै वितरणतर्फका लाइन र सबस्टेशन निर्माण अभियानकै रुपमा चलिरहेको बताए ।