सांसदद्वय प्रेम आले र माया राईले लिए शपथ

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । प्रतिनिधिसभा सदस्यद्वय प्रेम आल र माया राईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दुवैलाई शपथ गराएका हुन् ।

गत ७ पुसमा भएको शपथ कार्यक्रममा आले र राई उपस्थित भएका थिएनन् । आले भने आमाको निधन भएकाले शपथ समारोहमा उपस्थित हुन सकेका थिएनन् । राई सुत्केरी भएर अस्पतालमा थिइन् । राईलाई नेपाली कांग्रेसले समानुपातिकबाट र आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर