सहमति भयो, चलेनन् सार्वजनिक सवारी साधन

  जेठ २१, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०। सरकार र यातायात व्यवसायीबीच सोमबार राति ६ बुँदे सहमति भए पनि आज (मंगलबार) पनि सार्वजनिक सवारीका साधन चलेका छैनन्।

संघ सरकारसँग सहमति भए पनि यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन जारी राख्दा यात्रुहरूले मंगलबार पनि सास्ती पाएका खेप्न परेको छ। यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक सवारी साधन सडकमा निकालेका छैनन्।

सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गर्ने सहमति भएको थियो। यसलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन गर्न बाँकी रहेकाले आन्दोलनका कार्यक्रम यथावत रहेको महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर