सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  असोज ०८, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,आश्विन ८ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान रोल्पाबाट दाङतर्फ जाँदै गरेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

राप्ती राजमार्गअन्तर्गत पर्ने जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोला सेतापैरामा जीप दुर्घटना भएको हो । दुर्घटनामा एकजना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।

जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर