सरकारप्रति गगनको टिप्पणी : बिंड तातिसक्यौं, ताप्के तातेन

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २१।  सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ टिप्पणी गरेका छन्। आफूले गर्ने सरकारको आलोचना प्रधानमन्त्रीलाई असफल बनाउने उद्देश्यले नभएको पनि उनले बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीको आलोचना गर्ने क्रममा बिँड तात्ने, ताप्के नतात्ने गरेको भनेर टिप्पणी गरेका छन् ।

आफूहरुलाई बिँड र प्रधानमन्त्रीलाई ताप्केको संज्ञा दिँदै उनले भनेका छन्, ‘हामी चाहन्थ्यौँ प्रधानमन्त्रीले युद्धस्तरमा काम गरुन्,् युद्धस्तरको अर्थ नै फरक हुन्छ मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ उसले अरू कुनै पनि सुविधाको प्रयोग गर्दैन, त्यसैले सोच्छ, फोकस हुन्छ । यसरी काम गर्नुपर्छ भनेर हामीहरूमा छटपटी भइरहेको बेलामा हामी बिँड तात्ने, ताप्के पूरै उत्सवको मुडमा छ, आनन्द छ, घुमीघुमी हिँडेको छ, प्राथमिकता पनि छैन ।’

तपाईंको प्रतिक्रिया

थप खबर