मिडियाबाजी डटकम काठमाडौं ,माघ २९ । अर्थमन्त्री डा प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटको आकार घटेको बताएका छन् ।
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै उनले चालु आवको बजेटको आकार संशोधन गरेर घटाइएको बताएका हुन् । अर्थमन्त्री महतका अनुसार बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । जुन, कुल विनियोजनको ८७.३७ प्रतिशत हो ।
गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०(८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, अर्थ वार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार २ खर्ब हाराहारीमा घटाइएको छ ।