समाजवादी र नेकपा माओवादीबीच औपचारिक सम्वाद सुरु

  माघ ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ ९ ।  नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच औपचारिक सम्वाद सुरु भएको छ । दुई पार्टीद्वारा गठित वार्ता समितिहरूको आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो बैठक बस्यो ।

आजको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत बिभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरू आदानप्रदान गरिएको छ । आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर