सबै प्रदेशमा पानी पर्ने, चार वटामा धेरै भारी बर्षाको सम्भावना

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ५ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ।

आज (बिहीबार) देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर