सफाइ पाएको भोलिपल्टै बलात्कार आरोपीको अनुसन्धान अधिकृतसँग ‘बर्थडे पार्टी’

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।  बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै अनुसन्धानमा संलग्न डीएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन समिति गठन भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिले यथाशीघ्र प्रतिवेदन बुझाउने कार्यालयका प्रवक्ता डीएसपी विनोद यादवले जानकारी दिए । सप्तरीमा बलात्कार मुद्दामा राजविराज–६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डीएसपी क्वार्टरमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे बुधबार राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आइजिपी दीपक थापालाई प्रश्न गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर