सत्ता पक्षले छानविन समिति नबनाउने, विपक्षीले संसद अवरोध नखोल्ने

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २५।  सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ।

सत्तापक्ष र प्रतिपक्षा आ–आफ्नो अडानबाट टसमस नहुँदा बैठक निष्कर्षविहीन भएको हो।

सभामुखले सिंहदरबारमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्न नसकिने स्पष्ट पारेका थिए।
यस्तै, प्रमुख विपक्षी दल माओवादी प्रमुख सचेतक पाण्डेले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने अडान कायमै राखेका हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर