मिडियाबाजी डटकम काठमाडौं,माघ २ । सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । बैठक आज साँझ ५ बजे बस्ने भएको हो । यसअघि आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको थियो ।
प्रचण्ड र ओलीको उक्त भेटपछि आजै साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो । उपप्रधान तथा अर्मथन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि बैठक बस्न लागेको बताए ।