सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

  जेठ २५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २४।  नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा (शनिबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग राख्नुपर्ने बेला भइसकेको टिप्पणी गरे।

उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे। नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नु पर्ने बताए। कांग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने बताए। कोइरालाले कतार, दुबईहरू बनाउने नेपालीहरूले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए। नेपाललाई नेपाल बनाउनु पर्ने उनको भनाइ छ।

तपाईंको प्रतिक्रिया

थप खबर