संसद्‌मा बोल्न नदिएपछि विरोधमा लुगा खोलेको हुँ : सांसद अमरेशकुमार

  बैशाख २५, २०८०

मिडियाबाजी डटकम काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफूलाई संसद् बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको जनाएका छन् । सांसद् सिंहले संसद्‌मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका थिए ।

विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए । ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन । यो बाहेक मेरो विकल्प थिएन‚’ संसद् बैठकबाट बाहिरिएपछि सांसद सिंहले भने । सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।

उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर