संघीय संसदका दुवै सदनको बैठक बस्दै

  जेठ २२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २१।  संघीय संसदको दुवै सदनको बैठक आज (बुधबार) बस्दैछ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।

तपाईंको प्रतिक्रिया

थप खबर