शिक्षक महासंघको चेतावनी : असार १५ भित्र शिक्षा ऐन नआए कडा आन्दोलन गर्छौ

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १८।  नेपाल शिक्षक महासंघले सरकारसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज (बुधबार) मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेपछि २९ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलावहादुर थापाद्वारा जारी विज्ञप्तिमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरूले असार १५ भित्र विधेयक पारित गर्ने लिखित प्रतिबद्धता जनाएको उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर