शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

  जेठ ३२, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ ३२ । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएका शंकरदास वैरागीले शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ दिलाएका हुन् ।

वैरागीले आज मुख्यसचिवबाट राजीनामा दिएका थिए। उनको राजीनामा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्दै सल्लाहकारमा नियुक्त गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर