मिडियाबाजी डटकम काठमाडौं,पौष १८। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो वैशाख पहिलो हप्तामा पार्टीको नीति महाधिवेशन बोलाउने गृहकार्य थालेका छन् । पार्टीले केन्द्रदेखि प्रदेशसम्मको सत्ता अवसर गुमाएपछि दुई महामन्त्रीलगायत इतर पक्षले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि कांग्रेसका संस्थापन इतर पक्षले देउवाको चर्को आलोचना गर्दै आएको छ ।