वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २० ।  वीपी राजमार्गमा थप एक महिना रातको समयमा गाडी चलाउन रोक लगाइएको छ ।

यात्रुवाहक गाडीलाई रातको समयमा वीपी राजमार्ग हुँदै सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउन रोक लगाइएको समय थपिएको हो ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक यात्रुवाहक गाडी चलाउन नदिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो । यसअघि असार २० गतेसम्म गाडी चल्न रोक गाइएकोमा थप ३० दिन थपिएको प्रशासनले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर