विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।   नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा डा विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।

लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा।डा। पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर