विधान बहसले एमालेका ‘वाकयुद्ध’ : शंकरलाई ईश्वरको ‘काउन्टर’

  श्रावण ०३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन २।  सत्तारुढ नेकपा एमालेको विधान संशोधन (मस्यौदा) प्रस्तावले पार्टीमा गमागर्मी बढाएको छ ।

हिजोको एमाले सचिवालय वैठकमा प्रस्तुत विधान (मस्यौदा) प्रस्तावपछि शीर्ष नेताहरुबीच नै वाकयुद्ध सुरु भएको छ ।नेताहरु प्रस्तावको पक्ष र विपक्षमा विभाजित देखिएका छन् । विधान संशोधन प्रस्तावबारे सचिवालय बैठकको निर्णयलाई लिएर पार्टीका शीर्ष नेताहरू नै ‘वाकयुद्ध’ मा उत्रिएपछि आजको पोलिटब्युरो बैठक पनि गमागर्मीपूर्ण हुुने देखिएको हो । पोलिटब्युरो बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ ।

गए राति अबेरसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयलाई उद्धृत गर्दै महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरे लगत्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पोखरेलको प्रतिवाद गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर