विद्या भण्डारीले आज पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै

  असार १४, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, असार १४ ।   राष्ट्रपति बनेपछि करिब एक दशकदेखि औपचारिक रूपमा राजनीति छाडेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्ने भएकी छन् ।

पति मदन भण्डारीको ७५औं जन्म जयन्तीको अवरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ ले आयोजना गर्ने बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उदघोष गर्न लागेकी हुन् ।

कार्यक्रम काठमाडौँको भृकुटीमण्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा हुनेछ । राष्ट्रपति पदबाट बिदा भएलगत्तै यसअघिदेखि नै एमाले नेता–कार्यकर्तालाई भेट्न देशदौडाहा गरिरहेकी भण्डारीले आज भने आफू औपचारिक रूपमा पार्टीको राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी हुन् । आज ७४ औं मदन जयन्तीको अवसरमा आयोजना गरिएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रमको ओली र भण्डारीले गर्ने सम्बोधन गर्न लागेका हुन् । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्रीतथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको छ । ओली र भण्डारीले गर्ने सम्बोधन राष्ट्रव्यापी चासोको विषय बनेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर