वाम एकता कार्यदलले आजदेखि काम थाल्ने

  पुष २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । नेकपा माओवादी केन्द्रले शनिबार गठन गरेको वाम दल एकता कार्यदलले आइतबारदेखि काम थाल्दैछ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा शनिबार वामपन्थी दलसँग एकता गर्न पाँच सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा संयोजक महरासहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन्।

कार्यदलले संसद्भित्र र बाहिर रहेका सबै दलसँग एकताको लागि छलफल गर्नेछ । समिति सदस्य गुरुङका अनुसार कार्यदलले सबै दलसँग कुराकानी गरेर एकताको लागि पहल गर्नेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर