मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ । कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी गराए ।
पुनले यसअघि बाहिर गएर धेरै पटक उपचार गरेका छन् । अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन उनीसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्ने डाक्ट शर्माले जानकारी दिए । नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ ।