लुम्बिनीकी सांसद गीता बेलायत पलायन, उतैबाट राजीनामा पठाएको खुलासा

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३० ।  पदबाट राजीनामा दिएकी लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङ बेलायतमा रहेको खुलेको छ। उनले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गरेकी छिन्। तर उनले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ।

उनी दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो। उनले उतैबाट राजीनामा पठाएको पाइएको छ। गीता अब बेलायतमै बस्ने मनसायमा रहेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर