ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

  भदौ २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २५ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई छोड्न आदेश दिएको थियो ।

प्रकरणमा पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका छन्। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन्। तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने जेलर बस्नेतले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर