रेसुङ्गा नगरपालिकाले एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई ४ हजार दिने

  श्रावण २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं श्रावण २२। गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरूलाई मासिक चार हजार दिने भएको छ । अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो ।

उनले नगरपालिकाभित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आबश्यक रहेको उल्लेख गरे ।यस कार्यक्रमले यहाँका नगरिकहरुले आफ्ना छोराछोरीहरूको भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ । शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरूलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर