रेशम चौधरी पक्राउ प्रकरण : गृहमन्त्रीले बिहीबार संसदमा जवाफ दिने

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २३।  गृहमन्त्री रमेश लेखकले बैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा बिषयमा जवाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते बस्ने बैठकमा सो घटनाका बिषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका बिषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर