राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो :  परराष्ट्रमन्त्री देउवा

  जेठ २५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २४।   परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राहदानी नागरिकको विलासिताको वस्तु नभएर आधारभूत अधिकार भएको बताएकी छन्।

राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आज (शनिबार) धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्दा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘राहदानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ। त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ। सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला।’

तपाईंको प्रतिक्रिया

थप खबर