रास्वपा नेता पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १२ ।   काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाँडेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको एसपी अवस्थीले बताए ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुव्र्यवहार गरेको ‍आरोप छ । ती महिलाले उजुरी दिएपछि बुधबार प्रहरीले पाँडेलाई ब्यूरोमा बोलाएको थियो । त्यहीबेला उनलाई प्रहरीले हिरासतमा राखेको थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर