मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टोल समन्वय समूह बनाइ वडा भन्दा तल्लोस्तरमा रहेर अभ्यास गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताए।बैठकले रूपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
उनले भने, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ। हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक, उपसंयोजक, टोल सदस्यहरू त्यसरी हुन्छ । टोल समूहका संयोजक वडा परिषदमा सदस्य हुनु हुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनु हुनेछ ।’
केन्द्रीय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रीय कार्यालयमा १ बजे बस्ने निर्णय समेत गरेको उनले बताए । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रूपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको उनले जानकारी दिए ।