‘राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन’ : गृहमन्त्री श्रेष्ठ

  जेठ १८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ १८ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताएका हुन् । “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा सरकार दृढ रहेको छ”, उनले भने ।

गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको स्पष्ट पारे ।

तपाईंको प्रतिक्रिया

थप खबर