मिडियाबाजी डटकम काठमाडौँ , पौष २८ । सत्तारुढ दल नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
संघले शनिबार विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितिमा विशेष रणनीति बनाउने जनाएको छ। वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरु खोज्ने भएको हो। संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशीता र निवनतामा आधारिकत योजनाहरु तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने भएको छ।
संघका महासचिव सुमन पुरीले जारी गरेको विशेष सर्कुलरमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ, केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको छ, जसको मूख्य लक्ष्य शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशिता र नविनतामा आधारित योजनाहरुलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने रहेको छ । तसर्थः उक्त कार्यक्रमको लागि तपशिल बमोजिमको मिति, स्थान र समय तथा प्रतिनिधिहरु छनोट गरि माघ ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन हुन मातहतका सम्पूर्ण कमिटीहरुलाई निर्देशन गरिएको छ।’