राष्ट्रियसभाको बैठक आज बस्दै, कार्यसूचीहरु के-के छन् ?

  फागुन ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन २ । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो चार बजे बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा सुशासन समितिले २०७८(७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर