रामबहादुर बम्जनलाई सीआईबीद्धारा सार्वजनिक, चार जना बेपत्ता पारेको आरोप

  पुष २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ ।

सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको सर्लाही पठाउने तयारी गरेको छ । यसैबीच ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन् । ब्युरोले बुढानिलकण्ठ नगरपालिका ६ हात्तीगौंडाबाट मंगलबार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर