राजु पाण्डेको बदलामा बालेनले पनि सोधे मानन्धरलाई ‘काउण्टर’ स्पष्टीकरण

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले वडा नम्बर–१७ का अध्यक्ष नवीन मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको छ।

मेयर शाहको निर्देशनमा जेठ ८ गते स्पष्टीकरण सोधिएको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि बालेनको आदेशमा उनको सचिवालयले प्रवक्ता समेत रहेका मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

विभिन्न सञ्चारमाध्यममा मेयरको व्यक्तिगत चरित्रमाथि निराधार, खेदजनक र कपोकल्पित अभिव्यक्ति दिँदै मेयरको निजी जीवनमा आपत्तिजनक टिप्पणी र सार्वजनिक प्रतिष्ठामा समेत आँच आउने गरी अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ। मेयरको सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘अझ विशेषतः जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन, अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्वजनिक रूपमा दिनु शोभायुक्त कार्य होइन भन्ने कुरा समेत स्मरण गराइन्छ।’

तपाईंको प्रतिक्रिया

थप खबर