माघ २३, काठमाडौँ । मिडियाबाजी डटकम काठमाडौं, माघ २३ ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।
आज प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका सचेतकसँग राय लिने क्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग कुराकानी गरेपछि रास्वपाले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो ।