रसुवा बाढी : नौं जनाको शव फेला, १९ जना अझै बेपत्ता

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।  रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौं जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोको त्रिशूली नदी किनारमा फेला परेको हो ।

कुल २० जना बेपत्ता रहेकामा श्रेष्ठको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर