रसुवा बाढीमा  फसेका ५० जनाको उद्धार

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले मंगलबार दिउँसो १२ः५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा चार महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार हुनेमा एक जना चिनियाँ नागरिक समेत छन् । गए राति रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले नेपाल–चीन सीमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर