रविन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ ।  सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण सरकारलाई सोधेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको हो।

आज (मंगलबार) मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन् । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर